+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
१०२ बलमा ११२ रन आवश्यक
विराटनगर किंग्स 2025
36/0 (2.6)
Shares

काठमाडौंमा सभा–जुलुस नगर्न स्थानीय प्रशासनको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १६ गते १८:०६

१६ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिप्रकाले जनाएको छ ।

राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने जिप्रका काठमाडौंले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?