+

कतारका ओलम्पिक कमिटी महासचिव आउँदै

२०७७ मंसिर  १६ गते २०:१२ २०७७ मंसिर १६ गते २०:१२
कतारका ओलम्पिक कमिटी महासचिव आउँदै

१६ मंसिर काठमाडौं । कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन बुधबार काठमाडों आउने भएको छ । उनीसंगै कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल पनि हुनेछ ।

भ्रमण एक दिनको रहनेछ र यसक्रममा कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्नेछ । प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछन् ।

कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो ।

भ्रमण टोली बिहीबार स्वदेश फर्कनेछ ।

खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय