
भारतमा हुने हरेक बिषयमा आफ्नो कडा टिप्पणी राख्दै आएकी नायिका कंगना रनावत र नायक दिलजीत दोसांझविच ट्विटरमा आरोप–प्रत्यारोप चलेको छ । भारतको राजधानी नयाँ दिल्लीमा किसानहरुले गरिरहेको आन्दोलनको बिषयमा यी दुई कलाकारविच वाकयुद्ध चलेको हो ।
कंगनाले एक वृद्ध महिलालाई शाहिन वागकी आन्दोलनकारी बताउँदै १०० रुपैयाँमा आन्दोलन गर्न आइपुग्छन् भन्दै टिप्पणी गरेकी थिइन् । तर, पछि कंगनाले यो ट्विट हटाइन् ।
दिलजीतले ट्विटरमा कंगनालाई जवाफ दिदै लेखेका छन्–‘कुरा के भैरहेको छ र कंगना कता जाँदैछिन् । दिमाग त ठिक ठाउँमा छ । कुरा नघुमाई सिधा उत्तर देउ । तिम्रो आमाका लागि बुद्ध आमा भोक्कै लडिरहेकी छिन् । आएर ती बृद्धासँग कुरा गर, तिम्रो सबै हिरोइनगिरी निकालिदिनेछिन् ।’
कंगनाले दिलजीतको ट्विटमा जवाफ दिदै लेखेकी थिइन्–‘पंजाबी मलाई पनि आउँछ, जसले दिल्लीमा हिंसा भड्काएका थिए । जसले रगतको नदी बनायो, उसैलाई बचाउँदा लाज लाग्दैन । हुनत, तिमीलाई के लाज लाग्ने होर, करण जोहरले कसरी काम दिन्छन्, हामीलाई थाहा नभएको हो र ?’
दिलजीत र कंगनाको वाकयुद्ध ट्विटरमा निरन्तर जारी छ । उनीहरुले एक अर्कालाई आरोप लगाइरहेका छन् । कंगनाको बलिउडका कलाकारसँग लफडा भएको यो पहिलो पटक भने होइन ।
प्रतिक्रिया 4