
२५ मंसिर, सुर्खेत । दैलेखका एकजना कोरोना संक्रमित पुरुषको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ ।
गुराँस गाउँपालिका- ५ का ८७ वर्षीय पुरुषको वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मंसिर १५ गते कोभिड-१९ अस्पतालमा भर्ना भएका उनको सोही दिन नै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
बिहीबारदेखि उनको रगतमा चिनीको मात्रा उच्च भएपछि इन्सुलिनबाट उपचार सुरु गरिए पनि अवस्था जटिल बन्दै गएपछि बिहीबार बिहान ८ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
वृद्धको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4