Comments Add Comment

कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु

२८ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १४ जनाको मृत्यु  भएको छ ।

सप्तरीका ३ जना, बारा, काठमाडौं र कैलालीका २/२ जना, ललितपुर, कास्की, तनहुँ, बाँके र डोटीका १/१ जनाको  मृत्यु भएको प्रदेशका  सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

  • हनुमाननगर कंकालिनी नगरपालिका– १४, सप्तरीका ६५ बर्षीय पुरुषको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मंसिर २६ गते मृत्यु भएको छ ।
    अस्पताल भर्ना भएकी दिन उनमा मंसिर २५ गते संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह र दमका रोगी पनि थिए ।
  • सुरुङ्गा नगरपालिका–३ सप्तरीका ४२ बर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंसिर २२ गते मृत्यु भएको छ । उनमा मंसिर १९ गते संक्रमण पुष्टि भएको थियो ।
  • खड्क नगरपालिका–६, सप्तरीकी २२ बर्षीया महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मंसिर २६ गते मृत्यु भएको छ । उनमा २५ मंसिरमा संक्रमण पुष्टि भएको थियो ।
  • बारागढी गाउँपालिका– २ बाराका ७६ बर्षीय पुरुषको एसआरएन अस्पताल बीरगंजमा उपचारका क्रममा मृत्यु भएको छ । उनको मंसिर २ गते मृत्यु भएपनि प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबारमात्र जानकारी गराएको छ ।
  • परसौनी गाउँपालिका– २ बाराका ६९ बर्षीय पुरुषको एनएमसी अस्पताल बीरगंजमै उपचारका क्रममा ८ मंसिरमा मृत्यु भएको छ । उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंकी ९४ वर्षकी महिलाको मंसिर २६ गते मृत्यु भएको छ । मंसिर २० गते संक्रमण पुष्टि भएको उनमा मुटुरोग, निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
  • काठमाडौंकी ८० वर्षकी महिलाको मंसिर २८ गते मृत्यु भएको छ । मंसिर २३ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा दम, उच्च रक्तचा र मधुमेहको समस्या देखिएको थियो ।
  • ललितपुरका ८३ वर्षका पुरुषको मंसिर २८ गते मृत्यु भएको छ । मंसिर २६ गते अस्पताल भर्ना भएका उनमा २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा दमको रोग थियो ।
  • पोखरा महानगरपालिका-१७, कास्कीकी ७४ वर्षीया महिलाको शनिबार राति ८:४० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर २६ गते संक्रमण पुष्टि भएको थियो ।
  • म्याग्दे गाउँपालिका-२, तनहुँका ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान ९:३० बजे मृत्यु भएको छ । उनमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • नेपालगञ्ज उपमहानरपालिका- ४, बाँकेका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बिहान साढे ३ बजे मृत्यु भएको हो । मंसिर २५ गते संक्रमण पुष्टि भएको उनलाई २७ गते अस्पताल भर्ना गरिएको थियो ।
  • दिपायल सिलगडी नगरपालिका-५, डोटीका ४९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार साँझ ६:४५ बजे मृत्यु भएको छ । मंसिर २७ गते संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचार भइरहेको थियो ।
  • धनगढी उपमहानगरपालिका-१, कैलालीकी ५५ वर्षीया महिलाको आइतबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि धनगढीकी ५५ वर्षीया महिला मंसिर २२ गते अस्पतालमा भर्ना भएकी थिइन् । त्यसपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
  • गोदावरी नगरपालिका-१, कैलालीकी ७५ वर्षीया महिलाको आइतबार विहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी मंसिर २१ गते अस्पताल भर्ना भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment