
३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्वसत्तावादी बदनियतका साथ सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताएका छन् ।
सरकारले मंगलबार मात्र परिषदमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । कांग्रेस नेता केसीले यो अध्यादेश मौलिक संवैधानिक मर्म र मूल्यविरुद्ध भएको बताए ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुखका साथै विपक्षी दलका नेतालाई समेत रहने परिकल्पना गरिएको परिषदबाट अल्पमत र बहुमतका आधारमा निर्णय गर्न नहुने उनले बताए । केसीले भने, ‘जब आफ्ना मान्छेहरुले भरिन्छ, संवैधानिक संस्थाहरुले संवैधानिक दायित्वअनुसार काम गर्न सक्दैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4