+
+

आन्दोलनरत उखु किसान वार्तामा बस्न तयार

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १५:२२

५ पुस, काठमाडौं । आठ दिनदेखि माइतीघरमा आन्दोलनरत उखु किसान सरकारसँग वार्तामा बस्न तयार भएका छन् । उखु किसान संघर्ष समिति सर्लाहीको माइतीघरमा बसेको आकस्मिक बैठकले सरकारसँग वार्तामा बस्ने निर्णय गरेको समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

‘भर्खरै बैठक सकियो, बार्तामा बस्ने निर्णय गरेका छौं, अब हामी मन्त्रालय जाँदैछौं,’ मिश्रले भने । वार्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुनेछ ।

उखु मिलबाट करोडौं रुपैयाँ भुक्तानी नपाएको भन्दै मंसिर २८ गतेदेखि सर्लाहीसहितका ६ जिल्लाका उखु किसान काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?