Comments Add Comment

नाजिर र सम्पदाको ‘आँखैमा गाजल’

गायक केदार बरुवाल क्षेत्रीको स्वरमा ‘आँखैमा गाजल’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा केदारलाई गायनमा गायिका मेलिना राइले साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत केदारकै छ ।

यो गीतको भिडियोमा मोडलद्धय नाजिर हुसेन र सम्पदा बाँनियालाई हेर्न सकिन्छ । भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

शान थापा यो भिडियोको निर्देशक हुन् । गायक केदारले यसअघि ‘जब तिमी, एक पल, कती थियो सपनाहरु, मन छोडी, एकतर्फी माया’ लगायतका गीतहरु सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment