+
+

राप्रपा नेता रौनियारद्वारा पार्टी परित्याग

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ११ गते १८:१०

११ पुस, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिका प्रवक्ता रविकुमार रौनियारले पार्टी परित्याग गरेका छन् । उनी जनता समाजवादी पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।

शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै रौनियारलेे पार्टीबाट अलग भएको बताए । २०६६ सालदेखि राप्रपामा रहेर काम गर्दै आएपनि युवालाई पार्टीले उपयोग मात्रै गरेको उनको आरोप छ ।

परोपकारी संस्था मायादेवी च्यारिटेबल फाउण्डेसनका सञ्चालक समेत रहेका रौनियार भैरहवामा २५ रुपैयाँमा शाकाहारी खाना खुवाउने अभियान्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?