+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्मार्ट च्वाइसको स्मार्ट क्युआर संचालनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते १९:३७

१५ पुस, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिले स्मार्ट क्युआर (क्वीक रेस्पोन्स कोड) सञ्चालनमा ल्याएको छ। अनलाइन भुक्तानीलाई आधुनिक, सहज र एकिकृत गर्न पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआर सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ।

मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने प्रतिबद्धता अनुरूप सो सेवा सञ्चालनमा ल्याइएको हो।

स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ।

यस पेमेन्ट प्लाटर्फममा आबद्ध भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाहरुले इएमभीको स्टान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्युआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकिकृत कारोबार गराउन सक्नेछन्।

स्मार्ट क्युआरको सञ्चालनमा आइएमई–पे, प्रभु–पे, क्यु–पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन–पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हुँदा यसको पहुँच धेरै रहेको छ।

साथै युनियन–पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मोबाइल–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि स्मार्ट क्युआरको माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?