+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘खुकुरी म्युजिक नेशन २०२१’: जनवरी १ मा वृहत्तर अनलाइन कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १६ गते १९:४६

खुकुरी रमले नयाँ वर्ष २०२१ को भव्यतापूर्वक सुरुवात गर्न २०२१ को पहिलो दिन (जनवरी १ तारिख)मा वृहत्तर अनलाइन कन्सर्टको आयोजना गर्ने भएको छ ।

कार्यक्रम नयाँ वर्ष, नवीन सुरुवात् प्रति समर्पित रहने कम्पनीले जनाएको छ । कम्पनीले अगाडि भनेको छ, ‘सन् २०२० सबैका लागि अत्यन्त कष्टकर रह्यो, यदि संगीतले त्यसलाई पुर्न सक्छ भने यो सांगीतिक कन्सर्ट गत वर्षको संघर्षलाई निदान गर्ने उपाय हो, त्यसमा पनि नेपाली संगीत ।’

कन्सर्टमा चर्चित एवं लोकप्रिय नेपाली कलाकारहरु समृद्धि राई, सबिन राई एण्ड दि फरौ, दि इलिमेन्ट्स, कबवेब, दि एक्स ब्याण्ड, विपुल क्षेत्री र दि ट्राभलिङ्ग ब्याण्डको प्रस्तुति रहनेछ । नेपाली संगीतका पारखीहरुले यो कन्सर्टलाई खुकुरी युट्यूब च्यानल र डिस होममा हेरेर भरपूर मज्जा लिन सक्नेछन् । कार्यक्रम साँझ ६ बजेपछि खुकुरी युट्यूब च्यानल र डिस होममा सुरु हुनेछ ।

साथै कन्सर्टमा नयाँ नेपाली सांगीतिक स्टारको खोजमा आयोजित खुकुरी म्युजिक नेशन प्रतियोगिताका शिर्ष १६ प्रतियोगीहरुलाई पनि प्रस्तुत गरिने बताइएको छ । शिर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राईसहितको निर्णायक मण्डलले गर्नेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो प्रतियोगिताको लागि आधिकारिक वेबसाइट खुकुरी म्युजिक डटकममा अपलोड/सम्मिलित गराएका थिए । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्ने प्रावधान राखिएको छ । यो प्रतियोगिता नेपाल भित्र र विदेशमा रहेका सबै नेपालीहरुका लागि खुल्ला गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?