+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक होऔँ : रामचन्द्र पौडेल

रासस रासस
२०७७ माघ ४ गते १३:००

४ माघ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् ।

कांग्रेस चितवन क्षेत्र नं. २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौं पुण्यतिथिका दिन आज आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने बताए ।

उनले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको बताउँदै उनी जस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको बताए । उनले भने, ‘राजनीति त्यागको पाटो हो । यो कुरा भक्ति तिमिल्सिनाबाट सिक्नुपर्छ ।’

सभामा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिबाट लाभ गर्न सक्छु भन्दा पनि राजनीतिबाट समाजमा केही गर्न सक्छु भनेर लाग्नु आवश्यक रहेको बताउँदै पार्टीका लागि त्याग गर्न सक्ने व्यक्ति मात्र सच्चा राजनीतिज्ञ हुने विचार राखे ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले लगनशील र त्यागी नेताकै कारण कांग्रेस जीवन्त रहँदै आएको बताए । पार्टी क्षेत्र नं. २ का सभापति भरत लामिछाने, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, वडा नं. ५ का सभापति विष्णुप्रसाद धिताल, विजय भुसाललगायतले उनको योेगदानबारे बोलेका थिए ।

वि.सं. २००१ फागुन २५ गते लमजुङको दुराडाडाँमा जन्मिएका तिमिल्सिनाको वि.सं. २०७७ पुस २७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी तत्कालीन नारायणपुर गाउँ पञ्चायतमा दुई पटक अध्यक्ष र भरतपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बनेका थिए । समाजसेवामा पनि क्रियाशील तिमिल्सिनाले पार्टीका लागि सरकारी जागिर छाडेको जनाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?