+
+

न्यायाधीशले सोधे : संसद विघटनको सूचना राजपत्रमा प्रकाशित भएको छैन ?

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १३:१७

८ माघ, काठमाडौं । संसद विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना राजपत्रमा प्रकाशित नभएको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा उठेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेर निर्वाचनमा जाने सूचना जारी गरेकी थिइन् । तर उक्त सूचना राजपत्रमा आजसम्म आफूले नदेखेको भनी अधिवक्ताहरुले इजलासमा प्रश्न उठाएका छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिले जारी गरेको विज्ञप्ति राजपत्रमा प्रकाशन भएको आफूले नदेखेको बताए । ‘राष्ट्रपतिको कार्यालयको वेवसाइटबाहेक अन्त देखेको छैन’ उनले भने ।

उनीपछि बहस गरेका अधिवक्ता टीकाराम भट्टराईलाई न्यायाधीश अनिलकुमार सिन्हाले संसद विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्ने आएको छ हो भनी प्रश्न गरे ।

टीकाराम भट्टराईले हो भनी भने ।

सिन्हा – त्यसो हो भने आजको दिनमा संसद विघटन नै भएको छैन भनेर मान्ने हो ?

न्यायाधीश सपना मल्ल प्रधान – संसदीय दलको नेता (प्रधानमन्त्रीलाई) नै स्वीकारेको छ त्यही हैसियतले गरेको काम वैधानिकता दिइराखेको थियो त ?

सिन्हा – के आजसम्म निवेदकले पनि असम्बैधानिक कार्यलाई स्वीकार गरेर हिँडिराखेको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?