Comments Add Comment

भारतीय एसएसबीले नेपालीलाई कुटेपछि ठोरीमा तनाव

८ माघ, वीरगञ्ज । भारतको भिखनाठोरीमा बजार गर्न गएका नेपालीलाई भारतीय एसएसबीले कुटपिट गरेपछि पर्साको ठोरीमा तनाव भएको छ । भारतीय बजारबाट सरसमान किनेर ठोरी फर्किंदै गर्दा ठुटेखोला क्षेत्रमा एसएसबीका जवानले स्थानीयमाथि कुटपिट गरेका थिए । एसएसबीका हिमांसु र जाकिर अलि खान नाम गरेका जवानले ठोरी गाउँपालिका–३ बुद्धनगरका बिष्णु घिमिरे, राजकुमार अधिकारी, भिमलाल तामाङ, विकास गुरुङ लगायतमाथि लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाली पक्षमाथि कुटपिट भएपछि ठोरीका स्थानीय र भारतीय सीमाबजार भिखना ठोरीका बासिन्दा ठुटेखोलामा जम्मा भएर एसएसबीको ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए । स्थानीयले विरोध गरेपछि लाठीचार्ज गर्ने एसएबीका दुवै जवान भागेका थिए । आक्रोशित भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।

ठोरी बजारमा पसल व्यवसाय गर्दै आएकी गोकुली रेग्मीका अनुसार बिहीबार भिखनाठोरीमा हाटबजार गर्न गएका नेपालीलाई एसएसबीले कुटपिट गरेको थियो । ‘बिहीबार भिखनाठोरीमा बजार लाग्छ, ठोरीबाट पनि मानिसहरु बजार गर्न जान्छन् । सँगै बजार गर्न गएका महिलालाई घर पठाएर पुरुषलाई एसएसबीले कुटपिट गरेको रहेछ,’ उनले भनिन्, ‘दुवै देशका स्थानीय बासिन्दाले एसएसबीको ज्यादतीको विरोध गरेका थिए । ’

नेपालबाट बजार गर्न गएका महिलाहरुमाथि एसएसबीका जवानले चेकजाँच गर्ने बहानामा अभद्र व्यवहार गर्ने गरेको अर्की स्थानीय महिला मिना गिरीले जानकारी दिइन् ।

नेपालीमाथि आक्रमण गर्ने एसएसबीका जवानलाई कारबाही गर्नुपर्ने मागर राखेर दुवै देशका स्थानीयले  ठुटेखोला क्षेत्रमा प्रदर्शन गरेका थिए । भारतको सुभद्रास्थित सुभद्रा थानाबाट आएका एसएसबीका अधिकारीले गल्ती भएको भन्दै माफी मागेपछि विवाद सुल्झिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment