+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘परदेशी २’ आउँदो बर्षको दशैंमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते १२:०५

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आउँदो बर्षको दशैंमा रिलिज हुने भएको छ । यो बर्षको दशैंमा रिलिज हुने बताइएतापनि कोरोना भाइरसका कारण यो चलचित्र रिलिज हुन सकेन । अब, निर्माणपक्षले अर्को बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको छ । चलचित्रको छायांकन सकिएसँगै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो ।

निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायांकन गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ ।

‘यसवर्षको दशैंमा प्रदर्शन गर्ने सोचका साथ चलचित्रको छायांकन सुरु गरेका थियौं, तर कोरोना महामारीका कारण सम्भव भएन’ निर्माता वंशलले अनलाइनखबरसँग भने, ‘अब आउँदो वर्ष दशैंमा चलचित्र प्रदर्शन गर्ने घोषणा गर्दछौं ।’
चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक नारायण रायमाझीले बताए ।

अनलाइनखबरसँगको कुराकानीमा निर्देशक रायमाझीले भने, ‘हामीले यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई केन्द्रमा राखेका छौं । जुन विषयवस्तुलाई दर्शकले रुचाउनुहुनेछ भन्ने विश्वास छ ।’
नारायण ईन्टरनेशनल प्रा.ली.को ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा ‘परदेशी २’ को निर्माण गरेका हुन् ।

चलचित्रको कथा रमेश विजीले तयार पारेका हुन् । चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । सुदिप कुवँर मुख्य सहायक निर्देशक रहेको ‘परदेशी–२’मा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको एक्सन, बि.बि. अनुरागीको संगीत तथा गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?