+
+

‘भाइरल’को पछि लाग्दा वास्तविक सर्जक ओझेलमा परेः विमल अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १६ गते १४:२२

लोकदोहोरी गीतका मोडल विमल अधिकारीले पछिल्लो समय सांगीतिक क्षेत्रमा ‘भाइरल’हरुको ‘मिस यूज’ भइरहेको बताएका छन् ।सामाजिक सञ्जालमा भाइरल भएकाहरुलाई ल्याएर गीत रेकर्ड गराउने, म्युजिक भिडियो खेलाउने प्रवृत्ति बढेकोमा चिन्ता ब्यक्त गर्दै एनले यसले समग्र सांगीतिक क्षेत्रलाई नै असर गरिरहेको बताए ।

लोकदोहोरी मोडलिङमा एक दशक बिताएका विमलले ‘भाइरल’हरुको जथाभावी प्रयोगले लामो समयदेखि गीत–संगीतमा लागिपरेका कलाकारहरुलाई समेत असर गरिरहेको बताए ।

आफ्नै गीत ‘पछयौरी लिसियो’ले युट्युबमा एक करोड भ्यूज पाएको अवसरमा आयोजित कार्यक्रममा विमलले भने– ‘अहिले फलानोको खुट्टा भाँचियो, उसले गीत नै गाउनुपर्ने, उसले भिडियो नै खेल्नुपर्ने । स्टुडियो बाख्राको खोरजस्तो भैसक्यो ।’

विमलले उनीहरुलाई आर्थिक समस्या भए अन्य तरिकाले पनि सहयोग गर्न सकिने बताए । गीत–संगीत क्षेत्रमा ल्याउने हो भने पनि दिगो हुने तरिकाले ल्याउनुपर्ने बिमलको तर्क छ ।
‘उहाँहरुलाई खान–लाउन समस्या छ भने अरु केही हिसाबले सहयोग गरौं । यसले उहाँहरुलाई पनि दीर्घकालिन असर गर्छ । तर, यसरी उहाँहरुको प्रयोग हुँदा प्रतिभा भएका कलाकारहको हत्या भईरहेको छ’–विमलले भने ।

अनलाइनखबरसँगको कुराकानीमा विमलले भने–‘राम्रो कुरा गर्दा यहाँ धेरैलाई नपच्ने रहेछ । सबैतिरबाट प्रहार हुने रहेछ । बजारले पनि नवुझ्ने रहेछ ।’ उनले आफू कहिल्यै ‘भाइरल’हरुलाई ‘मिस यूूज’ गरेर चर्चामा नआएको दाबी गरे ।

पछिल्लो समय चलेका कलाकारहरुको गीतभन्दा भाइरल कलाकारहरुले खेलेका भिडियोको भ्यूज बढी जाने हुँदा उनीहरुको प्रयोग बढेको गीत संगीतमा लगानी गर्नेहरु बताउँछन् । तर, यसले गीतसंगीत क्षेत्रलाई क्षणिक फाइदा दिएपनि दिर्घकालिन रुपमा भने असर गर्ने सांगीतिक क्षेत्रकै जानकारहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?