Comments Add Comment

हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट सरकारको राजस्व भुक्तानी

२० माघ, काठमाडौं । हिमालयन बैंकले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था माघ १९ बाट सुचारु गरेको छ । उक्त सेवाको सुरुवातसँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाईल बैंकिङ्गका एनपीआई मार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिले देखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट कनेक्ट आईपीएस मार्फत रियल टाइम अनलाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब एनपीआईमार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेको छ ।

ग्राहकहरुले सम्बन्धित राजस्वको ईबीपी नंका आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम एनपीआईमार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । अब अनलाईन मार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आईपिएसको मोबाइल बैंकिङ्ग एप्ससहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment