+
+

प्रधानमन्त्री ओलीको दाबी : काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १४:४४

२३ माघ, काठमाडौं । नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।’

सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि मानिसहरु नअटाएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?