+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

रौतहटमा विद्युतीय धरापमा परेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १७:०७

२६ माघ, रौतहट । जंगली जनवारहरुबाट बाली जोगाउन गहुँ खेतमा राखिएको विद्युतीय धरापमा परेर एक युवकको ज्यान गएको छ । चोरी गर्न गएका युवक भाग्ने क्रममा करेन्ट प्रवाह भएको तारमा अल्झिएका थिए ।

गत बिहीबार वृन्दावन नगरपालिका-९ भुसहामा मृत अवश्थामा भेटिएका गुजरा नगरपालिका-७ का रितु महराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । वृन्दावन-९ भुसहाका महम्मद आलमको घरमा चोरी गर्न गएका रितु महरालाई घरधनीले लखेटेपछि लमहा नदी तरेर भाग्ने क्रममा उनी खेतमा जोडिएको करेन्टमा अल्झिएका थिए ।

जनावर धपाउन राखेको विद्युतीय तारमा बिहान महरालाई मृत अवश्थामा देखेपछि खेतधनी मसकुर आलमले आफ्नो खेतको वरिपरि लगाएको तार हटाएर एक सय मिटर दक्षिण शेख मोजैरको गहुँ खेतमा शव राखेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक सिद्धि विक्रम शाहले बताए । मृतक युवक पहिलेदेखि नै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको र मुद्दा समेत चलेको व्यक्ति रहेको उनले बताए ।

खेतमा तार जोडर करेन्ट प्रवाह गर्ने र शव अर्काको खेतमा लगेर राख्ने मसकुर आलमलाई ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?