+
+

प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते ७:४३

२९ माघ, काठमाडौं । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ ।

यद्यपि भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

यसैगरी अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म आउनसक्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?