
फाइल तस्वीर
५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ । जसपा निकट भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटीले ९ फागुनमा रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा गर्ने भएको हो ।
बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
९ फागुनमै जसपाले सबै महानगर, उपमहानगर, नगर र गाउँपालिकामा जनप्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको छ ।
जसपाले ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निरन्तर विरोध जनाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4