+
+

भतिजा अपहरणको आरोपमा काका पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १८:४१

१० फागुन, जनकपुरधाम । गत माघ २० गते सिराहाबाट अपहरित बालकको उनकै काकाले अपहरण गरेको खुलेको छ । सिराहा सदरमुकाम सिराहा नगरपालिका-१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए । प्रहरीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गरेको हो ।

बालक अपहरणको आरोपमा प्रहरीले बालककै काकालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा बालककको अपहरणमा उनकै काका संलग्न रहेको खुलेपछि काकासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सिराहा प्रहरीका प्रबक्ता शालिग्राम शर्माले बालकको अपहरणमा उनको काका कुलदीप यादवसहित दुई जनाको संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

कुलदीपकै योजना बमोजिम सिराहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवले बालकको अपहरण गरेर भारत पुर्‍याएको खुलेको शर्माले बताए । दुवै जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार कुलदीपको बालकको बुबा प्रदीपसँग मनमुटाब रहेको थियो । सोही रिसइबी साँध्न बच्चाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । रिसइबी साँध्दै फिरौती वापत केही रकम पनि हत्याउने योजना अनुसार बालकको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?