
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बोलाइएको छ । राजधानी उपत्यकामा उपलब्धि स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पेरिसडाडाँ बोलाइएको हो ।
राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक दुई बजे बस्ने तय भएको हो । त्यसपछि दिउँसो चार बजे संसद् दलको बैठक बस्ने भएको छ । स्थायी कमिटी र संसदीय दल दुवै बैठकलाई अनौपचारिक भनिएको छ ।
संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं आइपुगेका छन् । स्थायी कमिटी र संसदीय दलको बैठककै बीच काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रचण्ड र माधव नेपालले भेट्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4