+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मित्रसेन दाहालको स्मृतिमा श्रद्धान्जली सभा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १७:५९

नेपाल विज्ञापन संघ (आन) ले संस्थापक सचिव तथा पूर्व संयोजक मित्रसेन दाहालको स्मृतिमा श्रद्धान्जली सभाको आयोजना गर्‍यो । फागुन १३ गते संघको प्राङ्गणमा भएको श्रद्धान्जली सभामा आनका सस्थापक अध्यक्ष बशिंधर पौडेल र पूर्बअध्यक्षहरु क्रमश माधवराज तिमिल्सिना, भाष्करराज राजकणिर्कार, निर्मलराज पौडेल, राजकुमार भट्टराई, सन्तोष श्रेष्ठ, रबिन्द्र कुमार रिजाल तथा संघका पदाधिकारीहरु र सदस्यहरु, सल्लाहकारहरु तथा सदस्य एजेन्सीहरुको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले स्वर्गिय दाहालको समग्र विज्ञापन व्यवसायमा रहेकेा योगदान तथा समाज सेबा र राजनीतिमा समेत अग्रणी रहको बताए।

संघका अध्यक्ष सोम धितालको अध्यक्षतामा बसेको श्रद्धान्जली सभाले शोक प्रस्ताव पारित गदैं उनको योगदान लाई संघले आफनो इतिहासको रुपमा लिपिवद्ध गर्नुपर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?