Comments Add Comment

केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित आउन प्रचण्ड–माधव समूहको निर्देशन

१८ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो ।

यो समूहले गएको ७ फागुनमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई खबर गरेको थियो । तर, त्यसदिन औपचारिक बैठक बसेन । केहीबेर अनौपचारिक बैठक बसेपछि केन्द्रीय सदस्यहरुलाई राजधानी उपत्यका नछोड्न र पार्टी कार्यालयसँग सम्पर्कमा रहन निर्देशन दिइएको थियो ।

सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बस्ने र आफ्नो समूहका नेताहरुलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेको एक नेताले बताए ।

पार्टी कार्यालयको निर्देशनपछि उपत्यकाबाहिर विभिन्न कार्यक्रममा रहेका नेताहरु राजधानी फर्कदैछन् । केन्द्रीय कमिटी बैठक बोलाइएपछि कतिपय पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित गरिएको छ ।

केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक बुधबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमै बस्ने भएको छ । यो समूहले गएको २० माघमै पार्टी वैधानिकता दावी पत्र निर्वाचन आयोगमा पेश गरेको छ । तर, आयोगले निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment