+
+

राहुलले भने –इन्दिरा गान्धीले लगाएको संकटकाल एक गल्ती थियो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १२:१६

२० फागुन, काठमाडौं । भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले सन् १९७५–१९७७ मा संकटकाल लगाउनु गल्ती भएको बताएका छन् । मंगलबार उनले भारतका पूर्वमुख्य आर्थिक सल्लाहकार कौशिक बसुसँगको अनलाइन वार्ताको क्रममा यस्तो बताएका हुन् ।

उक्त वार्ताको क्रममा गान्धीले संकटकाल लगाउनु त्यतिबेलाको गल्ती रहेको तर अहिलेको दृष्टिकोणभन्दा भने फरक रहेको बताएक थिए । उनले कांग्रेसले कहिले पनि संस्थागत प्रणालीमा कब्जा गर्ने प्रयास नगरेको दाबी गरे । वार्ताको क्रममा गान्धीले कांग्रेस आन्तरिक लोकतन्त्रको पक्षमा रहेको बताए ।

उनले कांग्रेसले भारतमा स्वतन्त्रताको लडाइँ लडेको, देशलाई संविधान दिएको र सामानताको पक्षमा उभिँदै आएको बताएका छन् । संकटकालबारे सोधिएको प्रश्नमा उनले भने, ‘मलाई यो एक गल्ती थियो भन्ने लाग्छ । त्यो विल्कुलै एक गल्ती थियो र मेही हजुरआमा (इन्दिरा गान्धी)ले पनि यो कुरा स्वीकार गर्नुभएको थियो ।’

इन्दिरा गान्धीले सन् १९७५ देखि १९७७ सम्म २१ महिना भारतमा संकटकाल लगाएकी थिइन् । जतिबेला नागरिकको मौलिक अधिकारमा अंकुश लगाइएको थियो । संकटकालको अन्तिममा उनले निर्वाचनको घोषणा गरेकी थिइन् । यस विषयमा कुरा गर्दै भारतमा पूर्वराष्ट्रपति प्रणव मुखर्जीले निर्वाचन हार्ने डरको कारण उनले संकटकाल लगाएको बताएकी थिइन् ।

राहुल गान्धीले संकटकालमा चालिएका कदमहरु गलत रहेको र अहिलेको परिस्थितिमा भने ठूलो अन्तर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?