+
+

अनुराग र तापसीले ६५० करोडको आयकर छलेको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १२:३१

बुधबार मात्र भारतको आयकर बिभागले बलिउड निर्माता अनुराग कश्यप, नायिका तापसी पन्नु र उनीहरुले संचालन गरिरहेको फ्यान्टम फिल्मस्को अफिसमा छापा मारेको थियो । यस्तै, विभागले फिल्म निर्माण कम्पनी फ्यान्टमका अन्य केही सदस्यहरुको घरमा पनि छापा मार्यो । आयकर विभागका सदस्यहरुले नायिका तापसी पन्नु र फिल्म कम्पनीसँग जोडिएका अन्य सदस्यहरुले फोनबाट सबै डाटा हटाएको शंका गरेका छन् । यसका लागि उनीहरुले आइटी विज्ञसँग सहयोग मागेका छन् ।

भारतीय मिडियाका अनुसार, यो बिषयमा सोधपुछका लागि आयकर विभागले केही दिनमै तापसी र अनुरागलाई बोलाउन सक्नेछ ।

आयकर विभागका कर्मचारीहरुले भारतीय मिडियासँग कुरा गर्दै फ्यान्टम फिल्मस्का शेयर होल्डरहरुले ६५० करोड रुपैयाँ बराबरको आयकर चोरी गरेको आशंका गरेका थिए । उनीहरुले फर्जी खर्च र नक्कली बिल प्रस्तुत गरेका छन् ।

तापसी र अनुराग यतिबेला चलचित्र ‘दोबारा’को छायांकन गरिरहेका छन् । आयकर विभागले मुम्बई र पुणेका विभिन्न ३० स्थानमा छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?