+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्राध्यापक माणिकलाल श्रेष्ठको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते ११:०७

३ चैत, काठमाडौं । बौद्धिक व्यक्तित्व प्रा.माणिकलाल श्रेष्ठको मंगलबार निधन भएको छ ।

निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

केही सुधार भएपछि उनलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उनलाई नियमितरुपमा डायलाइसिससमेत गरिँदै आइएको थियो ।
पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् ।

पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उनीसँग सरसल्लाह लिने गर्थे।

लामो समय प्राध्यापन पेसामा रहेका श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने नेपालको पहिलो व्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्तासमेत थिए ।

श्रेष्ठको जन्म विसं १९८९ मा भएको थियो । एक वर्षअगाडि उनकी श्रीमती सिलु सिंहको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?