+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

परराष्ट्रमन्त्रीले संसदमा सुनाए सरकारका ७ उपलब्धि

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १५:५९

६ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले महत्वपूर्ण उपलब्धि हात पारेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मुख्य उपलब्धिहरु सुनाए ।

१. नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त

मन्त्री ज्ञवालीले संविधान नमान्ने र देशकै अस्तित्वलाई चुनौती दिने समूहलाई शान्तिपूर्ण मूलधारमा ल्याएको भन्दै यसले नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त भएको बताए ।

२. नेपालाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस

सीडीपीले नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको भन्दै उनले यो ठूलो उपलब्धि भएको बताए । उनले अघि भने, अगस्ट सेप्टेम्बरमा पारित गरेपछि अल्पविकसित भन्ने कलंक हट्नेछ, यो नेपालका लागि ठूलो विषय हो ।’

३. मेलम्चीको पानी सुन्दरीजल आइपुग्नु

काठमाडौंका जनताले वर्षौंदेखि पर्खिरहेको मेलम्ची खानेपानी आयोजनाको पानी केही दिन पहिले सुन्दरीजल आइपुगेको उनले बताए । अर्को हप्ताबाट नागरिकको घरघरमा त्यो पानी पुग्ने उनले बताए ।

४. मरिन सुनकोशी डाइभर्सनको काम सुरु
तराई मधेशका पाँच जिल्लाको भाग्य बदल्न सक्ने मरिन सुनकोशी डाइभर्सनको काम सुरु भएको उनले बताए । यसले १ लाख ८२ हजारभन्दा बढी जमिनलाई सिंचाइ गरेर तराईलाई सुन फल्ने ठाउँ बनाउने उनको दाबी छ ।

५. ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास
देशभरका २९६ स्थानीय तहमा न्यूनतम ५ देखि १५ बेडका आधारभूत अस्पतालको शिलान्यास गरिएको भन्दै उनले हरेक पालिकामा न्यूनतम एउटा अस्पताल हुने सुनिश्चित गरेको बताए । यसका साथै हरेक पालिकालाई कालोपत्रे सडकले दुई वर्षभित्र जोड्ने गरी सरकारले काम अगाडि बढाएको उनले बताए ।

६. कोरोनाविरुद्ध खोप उपलब्ध गराउने ६० देशमा नेपाल
मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्ध समयमै खोप उपलब्ध गराउने ६० मुलुकमा नेपाल परेको बताए ।

७. लिपुलेक औपचारिक एजेण्डा बन्यो

परराष्ट्रमन्त्री ज्ञवालीले केही समय पहिले भएको नेपाल भारत संयुक्त बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई औपचारिक एजेण्डा बनाएको समेत जानकारी दिए ।

प्रधानमन्त्री बन्ने सपना पूरा भएन भन्दैमा प्रतिगमन भनिएको भन्दै नेकपा एमालेका सचिव समेत रहेका मन्त्री ज्ञवालीले भने, ‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, नपाउने वित्तिकै प्रतिगमन हुने । तर हाम्रा निम्ति काठमाडौंका जनताले पानी खान पाउनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन । तराईका बन्जर जमिनमा सिंचाइ दिनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?