
बलिउड नायक विक्की कौशल ‘दि इमोर्टल अश्वत्थामा’ नामक चलचित्रमा काम गर्दैछन् । यो साईफाई पौराणिक चलचित्रको लागि विक्कीले तयारी समेत थालिसकेका छन् । यसका लागि विक्कीले आफ्नो शरीर परिवर्तन गर्न तयारी गरिसकेका छन् ।
अब, यो चलचित्रका लागि नायिका पनि फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा विक्कीको साथमा नायिका साराअली खानको मुख्य भूमिका रहनेछ ।
चलचित्रमा साराको पनि एक्सनका दृश्यहरु हुनेछन् । साराले आफ्नो करिअरमा रोमान्टिक र कमेडी चलचित्रमा मात्र काम गरिरहेकी छिन् । तर, यो चलचित्रमा भने उनको केही स्टन्टका दृश्यहरु पनि हुनेछन् ।
साराका लागि यो भूमिका चुनौतीपूर्ण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4