+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

अध्यक्ष ओलीलाई रावलको प्रतिप्रश्न : १८ करोड दुरुपयोग गर्न खोजेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते २०:०५

१२ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख हिनामिनाको आरोप झुटो भएको बताएका छन् ।

महासचिव ईश्वर पोखरेलले ७ चैतको निर्णयअनुसार सोधेको स्पष्टीकरणमा रावलमाथि ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप समेत लगाइएको थियो ।

रावलले बिहीबार अध्यक्ष ओलीलाई सम्बोधन गर्दै दिएको जवाफमा त्यसको खण्डन गरेका छन् । साविकको नेकपामा अध्यक्ष ओलीले विधान विपरीत केन्द्रीय र मातहतका कमिटीहरु बनाएपछि पार्टी हितको सुरक्षाका लागि स्थायी र केन्द्रीय कमिटीको निर्णय अनुरुप सुदूरपश्चित कमिटीका सचिव र कार्यालय सचिवले पार्टीको कोषमा सुरक्षित गरेको उनको दाबी छ ।

जनमानसमा भ्रम छर्न आफूमाथि झुटो आरोप लगाएको भन्दै नेता रावलले स्पष्टीकरणको जवाफमा भनेका छन्, ‘तपाईंले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड रुपैयाँ भन्दा बढी रकमको दुरुपयोग गर्न आफू सहज तुल्याउने अभ्यास गर्नु भएको मात्र हो कि नभन्ने ?’

हेर्नुहोस् भीम रावलको जवाफको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?