+
+

अजोड इन्स्योन्समा ‘इन्साइडर ट्रेडिङ’को आशंका, कारोबार रद्द गर्न माग

रोयल आचार्य रोयल आचार्य
२०७७ चैत १७ गते ११:४६

१७ चैत, काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै ५० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ । समग्रमा बजार घट्दा समेत अजोडको सोमबार पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो ।

सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएपछि अजोडको सोमबार भएको कारोबारलाई शंकास्पद रुपमा हेरिएको छ । इन्साइडर ट्रेडिङ (सूचना चुहाएर कारोबार) भएको भन्दै लगानीकर्ताहरुले कारोबार नै रद्द गर्नु पर्ने माग गरेका छन् ।

सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएमा कम्पनीले सबैभन्दा पहिला नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिनु पर्ने हुन्छ । तर, कम्पनीको सञ्चालक समितिमा रहेका वा उच्च व्यवस्थापन तहका कर्मचारीहरुले सूचना बाहिर लगेर इन्साइडर ट्रेडिङ गराउने गरेका छन् ।

अजोडमा खुलेआम नै इन्साइडर ट्रेडिङ देखिएको सेयर लगानीकर्ता नयन बास्तोला बताउँछन् । ‘एकैदनिमा पोजिटिभ सर्किट लाग्ने, अनि भोलिपल्टै हकप्रद ५० प्रतिशत दिने निर्णय बाहिरिनु भनेको इन्साइडर ट्रेडिङ नै हो’ उनले भने, ‘यो त खुलेआम नै सोझा लगानीकर्ता डुबाउने खेल देखियो, हिजोको कारोबार रद्द हुनुपर्छ ।’

सोमबार अजोड कारोबार रकमका आधारमा पहिलो नम्बरमा नै देखिएको थियो भने कारोबार सेयर संख्याका आधारमा दोस्रो नम्बरमा देखिएको थियो ।

कारोबार पनि निकै धेरै भएको छ । यदि सूचना नचुहिएको भए एक्कासी यति धेरै मूल्य एकैदिन नबढ्ने लगानीकर्ता बास्तोला दावी गर्छन् ।

अजोड इन्स्यारेन्सको सोमबारको कारोबारको विषयमा धेरै लगानीकर्ताहरुले प्रश्न तेर्साएका छन् । खुलेआम इन्ज्साइडर ट्रेडिङ हुँदा पनि नेप्से तथा धितोपत्र बोर्डले कारबाही नगर्ने हो भने अझै बेथिति बढ्ने लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

अजोडका इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले छोटो प्रक्रिया दिदै इन्साइडर ट्रेडिङ नभएको दावी गरे । ‘खै यस्तो कुरा कताबाट कसरी आउँछ मलाई थाहाँ भएन, त्यो होइन’ उनले भने ।

कम्पनीले सूचना गोप्य नै राखेको दावी गरे । उनले यो विषयमा आफू र कम्पनी सचिवबाहेक अरु कसैलाई सूचना नभएको पनि बताए ।

नियामक निकायले थाल्याे छानविन

अजोडको विषयमा नेपाल स्टक एक्सचेन्जले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । अनलाइनखबरसँग कुरा गर्दै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ध्यानाकर्षण भएको र आवश्यक कारबाही अघि बढ्ने उनले बताए ।

उनका अनुसार नेप्सेको सूचीकरण शाखाले आवश्यक छानविन शुरु गरिसकेको छ ।

‘यो विषयमा हाम्रो ध्यानाकर्षण भएको छ, सूचीकरण शाखाले छानविन गर्छ’ प्रवक्ता पराजुलीले भने, ‘छानविनपछि आवश्यक कारबाही हुन्छ ।’

सूचीकरण शाखाले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अजोड इन्स्यारेन्सको सेयर मूल्यमा भएको वृद्धि र हकप्रद घोषणाको विषयमा आवश्यक कारबाही हुने बताए । सत्थतथ्य बुझेर आवश्यक कारबाही हुने उनले बताएका छन् ।

‘कसैको उजुरी पर्यो भने राम्रो, तर उजुरी नपरे पनि मैले जानकारी पाएँ, अब आवक्यक कारबाही प्रक्रिया अघि बढ्छ’ अध्यक्ष ढुंगानाले भने ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?