+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेपाल टेलिकमलाई सुधार नगर्दासम्‍म मुलुकको हित हुँदैन : सञ्चारमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते १०:४९

२७ चैत, काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुर्नसंरचना गर्नुपर्ने बताएका छन् ।

नेपाल दूरसञ्‍चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले भने, ‘नेपाल टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित हुँदैन । त्‍यसकारण टेलिकम पुर्नसंरचना गर्नुपर्छ ।’

त्यसका लागि आफू तयार रहेको भन्‍दै मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ ढङ्गले प्रस्ताव ल्याउन कर्मचारीहरुलाई निर्देशन पनि दिए।

उनले लिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेकोले त्यसबाट आफ्नो अधिकार खोसिन लाग्यो भनेर नआत्तिन पनि कर्मचारीहरुलाई आग्रह गरे।

कुनै कर्मचारीले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने कार्यलाई रोक्ने प्रयास गरे सरकारले कर्मचारीलाई सहयोग नगर्ने पनि उनले स्पष्ट पारे। उनले भने, ‘ सरकारले रणनीतिक व्यवस्थापन पार्टनर ल्‍याउँदा कुनै कर्मचारीले रोक्छ भने सरकार कर्मचारीलाई सहयोग गर्दैन। ‘

टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । पार्टीगत रुपमा राजनीति गर्ने भन्दा समग्रमा टेलिकमको हितमा सोच्न पनि आग्रह गरे । उनले भने, ‘ टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्नुस् ।समग्रमा टेलिकमको हितमा सोच्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?