Comments Add Comment

माडीको अयोध्यापुरीमा राम–सीताका मूर्ति रामनवमीमा राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन लगाएका राम-सीताका मूर्ति

२९ चैत, चितवन । चितवनको माडी अयोध्याधामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन लगाएका भगवान राम र सीताका मूर्ति रामनवमीको अवसर पारेर स्थापना गरिने भएको छ ।

तयार गरेर प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु माडी अयोध्याधाममा आगामी वैशाख ८ गते एक कार्यक्रमसहित अनावरण गर्न लागिएको हो ।

त्यसका लागि माडीमा आवश्यक तयारी गरिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

यस्तो छ तयारी

प्रधानमन्त्री कार्यालय बालुवाटारमा रहेका मूर्तिहरुलाई वैशाख ७ गते स्वस्तिवाचनसहित प्रधानमन्त्री ओलीले हस्तान्तरण गरी रथयात्रासहितको धार्मिक र्याली निकालेर देवघाटमा ल्याएर राखिनेछ । भोलिपल्ट चैत ८ गते माडी अयोध्याधाममा लगेर अनावरण गरिने वागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए ।

वैशाख ७ गतेबाट नै माडी अयोध्याधाममा धार्मिक कीर्तन हुने र वैशाख ८ गते धार्मिक पुरोहितहरुको सहभागिता तथा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको हो ।

अहिले मूर्ति राख्ने ठाउँमा राममन्दिर बनाउने काम चलिरहेको छ । ‘अहिले मन्दिरको काम द्रुत गतिमा अघि बढेको छ’ प्रचार समिति संयोजक दवाडीले भने, ‘अहिले तत्काल सामान्य खालको मन्दिर बन्छ, पछि हामी यसलाई भव्य र विशाल बनाउँछौं ।’ माडी नगरपालिका वडा नं. ९ मा पर्ने अयाेध्याधाममा डीपीआर निर्माणको कामसमेत अघि बढेको छ ।

रामनवमीमा माडी अयोध्याधाममा मेलासमेत लाग्नेछ । मेलामा नेपाल बाहिरबाट पनि भक्तजनहरुको सहभागिता रहने भएकाले तयारी पनि सोही अनुसार गरिएको अयोध्याधाम प्रचार समिति संयोजक दवाडीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि यो क्षेत्र एकाएक चर्चामा आएको थियो ।

यो पनि पढ्नुहोस राम जन्मभूमि अयोध्या र भूमिहीन चेपाङको बहस यो पनि पढ्नुहोस जन्मभूमि खोज्ने बेला हैन, रामराज्य बनाउने बेला हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment