Comments Add Comment

‘हामी तीन भाइ’ निर्माणको घोषणा

चलचित्र ‘हामी तीन भाइ’ निर्माणको घोषणा भएको छ । मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको यो चलचित्रमा सलोन बस्नेत, शिशिर राणा, विकास चापागाँई, सदीक्षा पाण्डे, नरेन्द्र केसी मुख्य भूमिकामा रहनेछन् ।

चलचित्रको मुख्य भूमिकामा रहने केही कलाकारको छनोट गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ । स्वर्गीय शिव रेग्मीको निर्देशनमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेतीको मुख्य भूमिकामा बनेको चलचित्र ‘हामी तीन भाइ’ सुपरहिट भएको थियो । यही नाम सापटी लिंदै बन्न लागेको ‘हामी तीन भाइ’लाई साजित महतले निर्माण गर्दैछन् ।

चलचित्रमा हिमाल केसीको एक्सन, नरेन्द्रकुमार सिंहको छायांकन, श्यामकृष्ण मानन्धरको संगीत, मनिष गौतम र रिवाज दाहालको लेखन रहनेछ । पारिवारिक प्रेम कथामा निर्माण हुन लागेको चलचित्रका कार्यकारी निर्माता विक्रम तामाङ्ग हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment