+
+

भक्तपुरमा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा ५ केन्द्रबाट लगाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १०:४८

७ वैशाख, काठमाडौं। भक्तपुरमा पनि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको दोस्रो मात्राको खोप आजदेखि लगाइँदैछ ।

भक्तपुरमा विभन्न पाँचवटा खोप केन्द्रबाट दोस्रो मात्रा खोप लगाउन लागिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, सुर्यविनायक अस्पताल, चाँगुनारायण अस्पता र जनस्वास्थ्य सेवा केन्द्रच्यामासिङबाट खोप लगाइँदैछ ।

यसअघि माघ १४, १५, १६ र १७ गते पहिलो मात्रा लगाएकालाई आज, १८, १९, २० र २१ गते लगाएकालाई ८ गते, २२, २३ र २४ गते लगाएकालाई ९ गते, फागुन २, ३, ४, ५ र ६ गते लगाएकालाई १० गते र ७, ८, ९ र १० गते लगाएकालाई ११ गते दोस्रो मात्रा लगाउन अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?