+
+

प्रधानमन्त्री ओली र वामदेव गौतमको डिनर मिटिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते २२:२२

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले एकता अभियान चलाइरहेका बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुइ नेताको डिनर मिटिङमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए ।

भेटको तस्वीर सार्वजनिक गर्दै प्रमुख सचेतक भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको संवादपछि उहाँले भन्नुभयो-केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो । तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको होइन, जमानादेखिको हो र अटुट रहिरहनेछ । अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?