+
+

कोका–कोलाले ल्यायो रु. २५ मा पाइने १७५ मिलिटिरको ग्लासको बोतल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते १२:३६

१० वैशाख, काठमाडौं । कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल बजारमा ल्याएको छ । जसको मूल्य २५ रुपैयाँ तोकिएको छ ।

नेपाली भाषामा छापिएको कोका–कोलाको लोगोसँग बजारमा आएको नयाँ बोतल काठमाडौं उपत्यकामा मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाली उपभोक्ताका लागि डिजाइन गरिएको बोतल कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी(रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो ।
कम्पनीका अनुसार आरजीबी बोतलहरु रियुजेबल बोतल भएका कारण यिनीहरुले वातावरण मैत्री काम गर्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको र यो काठमाडौं, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नयाँ बोतलको लन्चको क्रममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, ‘सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित छौं । नयाँ बोतलको लन्चले उपभोक्ताहरुलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्येश्य मात्र नभइकन दिगो प्याकेजिङ प्रदान गर्नु पनि कम्पनीको मिसन रहेको छ । हामी आशा गर्दछौं कि उपभोक्ताहरुले आफ्नो मनपर्ने पेय पदार्थको पूर्ण रुपमा मज्जा लिने छन् ।’

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘किफायती मूल्य बाहेक हामी हाम्रा उपभोक्ताहरुको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौं । र यो नेपाली उपभोक्ताहरुको लागि निकै विशेष रहेने छ । किनकि यसमा कोका–कोलाको लोगो नेपाली भाषामा छापिएको छ । २५ रुपैयाँमा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौं भरका किराना पसलहरुमा उपलब्ध रहेको छ र हामी हाम्रा उपभोक्ताहरुलाई यसलाई सेवन गर्नु होस् भन्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?