+
+

माओवादी केन्द्रले सांसद खड्कालाई हटाएको पत्र संसदमा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते १७:४१

१० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्दले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी त्यागेको जानकारी संघीय संसद सचिवालयलाई दिएको छ ।

खड्काले दल त्याग गरेको सूचना शुक्रबार दर्ता भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएको हो । अब राष्ट्रिय सभा अध्यक्षले सूचना निकालेसंगै उनको पद जानेछ । संसद अधिवेशन रहेका बेला सभामा सुनाउने र अधिवेशन नभएका बेला सूचना निकाल्ने अभ्यास छ ।

माओवादीले यसअघि राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’लाई पनि कारबाही गरेको थियो ।

उनी सांसद पदबाट मुक्त भइसकेका छन् । उनको ठाउँमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते उपचुनाव हुने तय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?