+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल समूह निकट युवा संघमा जिम्मेवारी बाँडफाँड

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते २०:१७

१० वैशाख, काठमाडौं । माधव नेपाल समूह निकट युवा संघको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । शुक्रबार बकसेको बठैकले युवा संघको केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरिएको संघका अध्यक्ष नरेश शाहीले
बताए। उनका अनुसार संगठनको दैनिक गतिविधि सञ्चालन गर्न ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको छ ।

यस्तै कार्यालय सदस्‍यमा वरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष कृष्णहरि केसी, उपाध्यक्ष नितेश पौडेल, महासचिव दिपक जीएम, उपमहासचविहरु सञ्‍जीप राई, रोशन थापा, अशोककुमार दाहाल, निर्भिक खनाल, सचिव नरेश गिरी र कोषाध्यक्ष दिपक दुवाडी रहेका छन् ।

बैठकले संघको पुर्व उपाध्यक्ष हस्तबहादुर शाही संयोजक र संघका पुर्व सचिव सुरेन्द्रमान कार्की सचिव रहेको २१ सदस्यीय सल्लाहकार समिति गठन भएको युवा संघका प्रचार बिभाग प्रमुख संजिप राईले बताए ।

यसैगरी प्रदेश-१ को इन्चार्जमा मुना शर्मा, सह-इन्चार्जमा गौरिमान परियार, नरेन्द्र बस्नेत, संयोजकमा प्रत्युस राना, सचिवमा सन्दिप राईलाई जिम्‍मेवारी दिइएको छ ।

यस्तै प्रदेश-२ को इन्चार्जमा निरन्जन झा, सहइन्चार्जमा अरुण यादव, संयोजकमा अर्जुन सिंह, सचिव दिग्म्बर पाठकलाई जिम्मेवारी दिइएको छ भने बागमती प्रदेशको इन्चार्जमा रोशन थापा, सहइन्चार्जमा मिन श्रेष्ठ, संयोजकमा फुर्वा लामा, गण्डकी प्रदेशको इन्चार्जमा कृष्ण विश्वकर्मा, सह-इन्चार्जमा हिरालाल विक, संयोजकमा कमल गैरे, लुम्बिनी प्रदेशमा इन्चार्ज सरिता श्रीस, सह-इन्चार्जमा हिमा थापा, संयोजकमा किशोर थापा, सचिवमा किरण नेपाल छन् ।

यस्तै कर्णाली प्रदेशमा इन्चार्जमा खडक शाही, सहइन्चार्जमा आदीप्रसाद न्यौपाने, मन्जु रावल, संयोजकमा अनिल बोगटी रहेका छन् भने सुदुरपश्चिम प्रदेशमा इन्चार्ज प्रकाश रोकाय, सहइन्चार्जमा मदन गिरी, संयोजक बाबुराजा श्रेष्ठ, सचिवमा मोहन साउद र गैरभौगोलीक प्रदेशमा इन्चार्ज अशोक दाहाल र संयोजकमा बिकास ज्ञवालीलाई जिम्‍मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?