Comments Add Comment

नेपालमा ट्रान्जिट बनाएर विदेशीले तेस्रो मुलुक उड्न नपाउने

१४ वैशाख, काठमाडौं । सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ । पछिल्लो समय भारतबाट ठूलो संख्यामा आएका भारतीय नागरिक नेपाल हुँदै खाडी मुलुक तथा साउदीमा उडिरहेका छन् ।

अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको जनाएको छ ।

विभागका निर्देशक झंकनाथ ढकालका अनुसार यो नियम १५ वैशाखबाट लागु हुने भएको छ । विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट विदेश जाने भने रोक लगाइएको छैन ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment