
१८ वैशाख, काठमाडौँ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिंड्न दिने निर्णय गरेको हो ।
यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिंड्न पाउने गरेका थिए ।
‘मिडिया हाउसको कार्ड देखाउँदा दुरूपयोगको सम्भावना धेरै देखियो। त्यसैले कडाइ गरेका हौं’ सीसीएमसीका एक अधिकारीले भने, ‘केही व्यावहारिक समस्या हेरिदिने कुरा त छँदैछ ।’
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
यस्तै उपत्यका बाहिर निषेधाज्ञा लगाइएको जिल्लाका हकमा भने सूचना विभागको प्रेस पास नहुनेलाई प्रमुख जिल्ला अधिकारीले नै अर्को अस्थायी पासको व्यवस्था मिलाउन सक्ने भनिएको छ ।
प्रतिक्रिया 4