+

सेभिया घरेलु मैदानमै विल्वाओसँग पराजित

२०७८ वैशाख  २१ गते ९:०८ २०७८ वैशाख २१ गते ९:०८
सेभिया घरेलु मैदानमै विल्वाओसँग पराजित

२१ वैशाख, काठमाडौ । स्पानिस ला लिगाको चौथो स्थानमा रहेको सेभिया एथ्लेटिक विल्वाओसँग १-० ले पराजित भएको छ ।

सोमबार राति घरेलु मैदानमै भएको खेलमा अन्ति मिनेटमा गोल व्यहोरेपछि सेभिया पराजित भयो । यस हारले सेभियाको उपाधि होड कमजोर बनेको छ ।

विल्वाओलाई ३ अंक दिलाउन खेलको ९०औं मिनेटमा यनाकी विलियम्सले निर्णायक गोल गरे ।

यस जितपछि विल्वाओ ३४ खेलबाट ४५ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट सेभियाको ७० अंक छ ।

लिगमा चार चरणको खेल बाँकी रहँदा एट्लेटिको मड्रिड ७६ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड र बार्सिलोनाको समान ७४ अंक छ ।

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय