Comments Add Comment

भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

२१ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड २ लाख ८२ हजार ८३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ३ लाख ५७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । सो अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ४४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा कोरोनाका ४८ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या ४४ हजारभन्दा बढी छ । उत्तर प्रदेशमा २९ हजार र केरलामा २६ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा गत शनिबार एकैदिन चार लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयताका दुई दिनमा भने संक्रमण केही घटेको देखिएको छ ।

यद्यपि भारत विश्वमा सबैभन्दा बढी नयाँ संक्रमित थपिइरहेको मुलक हो । कोरोना संक्रमण नियन्त्रणको लागि भारतका केही राज्यमा लकडाउन तथा सामाजिक गतिविधिमा प्रतिबन्धका नियम लगाइएको छ ।

यस्तै भारतको कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या  २  लाख  २२ हजार ४०८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment