+
+

चुनौती चाँडै पार गर्न सकिने राजेशको आशा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १४:१२

नायक राजेश हमाल गतबर्ष नै चलचित्र ‘सत्यम्’को छायांकन सुरु गर्ने तयारीमा थिए । ४ बर्षपछि नेपाली चलचित्रमा फर्किन लागेका नायक हमालको यो चलचित्रको छायांकन विविध कारणले हुन सकेन । चलचित्रका लागि नायिका अझै फाइनल भएकी छैनन् ।

नायक राजेश हमालले भने यो चलचित्रका लागि तयारी तिव्र रुपमा थालेका थिए । शरीर बनाउने र आफूलाई फरक गेटअपमा देखाउने तयारी हमालको थियो । हमाललाई नै केन्द्रिय भूमिकामा राखेर यो चलचित्रको निर्माण हुन लागेको हो ।

उनै, राजेश हमाल कोरोना संक्रमणका कारण सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि मनाङ पुगेका थिए । मनाङ पुगेर फर्किएका नायक हमाल यो अवस्था चाडै नै पार हुने आशा व्यक्त गर्छन् । उनले सामाजिक संजालमा आफ्नो फरक लुक्सको तस्वीर शेयर गर्दै यो चुनौती पनि पार गर्न सकिन्छ भनेर लेखेका छन् ।

यो चुनौती पार गरेर सहज जीवनमा फर्किन आम मानिसहरुले चाहिरेका छन् । नायक हमाल पनि यो चुनौती पार गरेर सहज जीवनमा चाडै फर्किने आशा व्यक्त गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?