+
+

सेनाका अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १५:०५

२२ वैशाख, पोखरा । नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि सेनाले अवकाश पाएका आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा रहन भनेको हो ।

नेपाली सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सेनाको थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि विभिन्न योजना तर्जुमा र आवश्यक तयारी गरिरहेको पनि जनाएको छ ।

हेर्नुहोस् सेनाको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?