+
+

फ्रान्स-बेल्जियम सीमाको साँधकिलो किसानले उखेलेपछि….

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते १०:४१

बेल्जियमका एक किसानले देशको क्षेत्रफल बढाउँदै छिमेकी मुलुक फ्रान्सलाई खुम्चाइदिएका छन् । ती किसानले अन्जानमै फ्रान्ससँगको बेल्जियमको सीमानामा फेरबदल गरिदिएका हुन् । इतिहासमा रूचि राख्ने बेल्जियमका किसानले जंगलको बाटो हुँदै आफ्नो ट्रयाक्टरमा यात्रा गर्दा दुई देशबीचको सिमाना छुट्टाउने एक ढुंगे स्तम्भलाई उखेलेर फ्रान्सतर्फ फ्याँकिदिएका हुन् ।

बाटोमै रहेको र ट्रयाक्टर गुडाउनमा पनि समस्या पारिरहेको उक्त ढुंगे स्तम्भलाई उखेलेर उनले २.२९ मिटर पर फ्रान्सको भूमिमा लगेर राखिदिए । यसरी अन्तर्राष्ट्रिय सीमामा मिचिएको घटनाले अन्त भएको भए ठूलै हंगामा मच्चाउन सक्थ्यो । तर ती किसानले यसरी साँध ढुंगो सारेको घटनाले दुवैतर्फ रमाइलो माहोल ल्यायो ।

बेल्जियमको एरक्केलाइन्स गाउँका मेयर डेभिड लाभाक्सले फ्रान्सेली टेलिभिजन च्यानल टिएफ वानसँगको अन्तर्वार्तामा भनेका छन् ‘ती किसानले बेल्जियमलाई केही ठूलो र फ्रान्सलाई केही सानो बनाइदिए । यो वास्तवमा राम्रो आइडिया चाहिँ होइन।’

साँधकिलो सार्ने यस्तो कदमले एकै ठाउँका जग्गाधनीबीचमा समेत विवाद उत्पन्न हुन्छ भने दुई देशबीचको सिमानामा यस्तो गडबडी हुँदा त्यसले असहज परिस्थिति सिर्जना गर्ने जोखिम हुन्छ ।

फ्रान्स र बेल्जियमबीच ६२० किलोमिटरको सीमारेखा छ । वाटरलूमा नेपोलियनको हारको पाँच वर्षपछि सन् १८२० मा कोरट्रिकको सन्धिपछि उक्त सीमारेखा निर्धारण भएको हो । बेल्जियमका किसानले जुन साँधको ढुंगालाई उखेलेर पर सारेका थिए, त्यो ढुंगा सीमा निर्धारणका लागि सन् १८१९ मा गाडिएको थियो ।

बेल्जियमका ती मेयर भन्छन्ः यसरी साँध पर सार्दा म त मेरो सहर ठूलो भयो भनेर खुसी थिएँ तर फ्रेन्च इलाकाका मेयर त्यसमा सहमत हुने कुरा भएन । छिमेकी फ्रेन्च गाउँका मेयर भेलोन्कले हाँस्दै भने ‘हामी एक नयाँ सीमा युद्धबाट बँच्न सफल हुनेछौं।’

बेल्जियमका स्थानीय अधिकारीहरुले दुई देशबीचको साँधको ढुंगो उखेल्ने किसानलाई नै उक्त ढुंगालाई यथास्थानमा गाड्न लगाउने निर्णय गरेका छन् ।यदि त्यसो भएन भने यो घटना बेल्जियमको विदेश मन्त्रालयसम्म पुग्न सक्दछ अनि त्यसपछि सन् १९३० बाटै निस्क्रिय बनेको फ्रान्स र बेल्जियमबीचको संयुक्त सीमा आयोगलाई सक्रिय बनाउनुपर्ने हुन्छ ।

यदि उखेलेको सीमा स्तम्भ यथास्थानमा गाड्न नमानेमा ती किसानमाथि आपराधिक अभियोगमा मुद्दा चलाइन सक्दछ । बेल्जियमको उक्त गाउँका मेयर भन्छन्ः यदि उनले असल भावना देखाए भने कुनै समस्या हुनेछेन र हामीले सद्भावपूर्वक यो घटनालाई सुल्झाउनेछौँ ।

स्रोतः बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?