Comments Add Comment

सगरमाथा आरोहणको बाटो खुल्यो, आइसफल डाक्टरको टोली चुचुरोमा

२४ वैशाख, काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणमा बाटो बनाउन हिँडेको आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको छ ।

सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।

The first team of climbers reached the summit of Sagarmatha (Everest 8848.86)at 18:00 (Nepal Time), 12 climbing Sherpas…

Posted by Seven Summit Treks Pvt. Ltd. on Friday, May 7, 2021

यसअनुसार अब आरोहीहरुलाई चुचुरोतर्फ जाने बाटो खुलेको छ । यो टोलीमा कीर्तिमानी आरोही कामिरिता शेर्पा समेत छन् । उनी २५ औं पटक चुचुरोमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment