
फायल तस्वीर
२८ वैशाख, काठमाडौं । स्थानीय वायु सक्रिय हुँदा काठमाडौं उपत्यकासहित पूर्वी नेपालका केही जिल्लामा पानी परेको छ । पश्चिमतिर पनि पानी पार्ने बादल सर्दै गएको मौसमविदको भनाइ छ ।
स्थानीय वायु सक्रिय अवस्थामा रहेको र नेपाल नजिकै निम्न चापीय रेखा बनेकाले त्यसैको प्रभावमा पानी परिरहेको मौसमविद राजु प्रधानांगले बताए ।
उनले काठमाडौं उपत्यकाका केही स्थानमा परिरहेको पानी दुई–तीन घण्टासम्म रहने अनुमान गरे । उनका अनुसार अहिले गण्डकी प्रदेशका केही स्थानमा पनि पानी परिरहेको छ र पानी पार्ने बादल कर्णाली र सुदूरपश्चिम प्रदेशतर्फ सर्दै गएको छ ।
पानी पर्ने, घाम लाग्ने, बादल लाग्ने क्रम अझै दुई–तीन दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्को अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4