
३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरु लिएर गृहजिल्ला गोरखा गएका छन् ।
जिल्लाको विभिन्न स्थानमा संक्रमण बढेको र हटस्पट बन्दै गरेकाले स्वास्थ्यकर्मीहरु लिएर जान लागेको श्रेष्ठले जानकारी दिएका छन् ।
उनीसँगै दुई चिकित्सक, दुई जना ल्याबका कर्मचारी र एक स्वास्थ्यकर्मी छन् । टोलीले लक्षण देखिएका शंकास्पद विरामीहरुको एन्टीजेन टेष्ट गर्नेछ ।
स्थानीय स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरिने श्रेष्ठले जानकारी दिएका छन् ।
गोरखामा पछिल्लो समय कोरोना संंक्रमण तीव्र रुपमा बढेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या करिब ५ सय जना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4